सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै यहाँका व्यवसायीले तयारी थालेका हुन ।
गत चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेका भए पनि सोही महिनाको २८ गतेदेखि पुनः बन्द भएका थिए । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल सञ्चालन गर्न दिने भएसँगै आजबाट तयारी थालिएको छ । कर्मचारी बोलाएर होटलहरुले सरसफाइसँगै आवश्यक व्यवस्थापन गर्न थालेको उनले जानकारी दिए ।
होटल मात्र खुलेर नहुने भएकाले पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनसँग अनुमतिका लागि अनुरोध गरिएको उनको भनाइ छ । दसैंको मुखमा होटल खुल्ने तर ग्राहक आएनन् भने थप व्यायभार हुने भएकाले थोरै कर्मचारी राखेर सेवा सुरु गर्ने तयारीमा व्यवसायी रहेका छन् ।
संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले फेरि बन्द हुने भन्ने डरका कारण सीमित सेवा दिएर होटल खुल्ने जानकारी दिए । बिहीबारदेखि क्रमशः होटल खुल्दै जाने उनको अनुमान छ । सबै होटलका कर्मचारी बिदामा छन् ।
रेस्टूरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेस्टुरेन्ट क्रमशः बिहीबारदेखि खुल्ने छन् । उनले भने, ‘सेवा सुरु गछौं, क्रमशः थप रेस्टुरेन्ट खुल्दै जान्छन् ।’ निकुञ्जले हात्ती, डुंगा, जीप सफारी, जंगल सफारीलगायतका पर्यटकीय गतिविधि सबै रोकेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले होटल खुलेसँगै पर्यटकीय गतिविधिका लागि अनुमति दिन आवश्यक प्रक्रिया अघि बढाइने बताए । डुृंगाका लागि पहिलो पटकको बोलपत्रमा निवेदन नपरेको बताउँदै उनले पुनः बोलपत्र आह्वान गरिने जानकारी दिए ।
निकुञ्जभित्र जीप सफारीका लागि बाटो बनाउने काम भइरहेको उनको भनाइ छ । बरालले भने, ‘सबैतिर सहज हुँदै गर्दा निकुञ्जले पर्यटकीय गतिविधि रोक्दैन ।’
सौराहामा ११० होटल छन् । त्यसैगरी, साना ठूला एक सय हाराहारीका रेस्टुरेन्ट छन् । सौराहामा होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा