सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कक्षा १२ को परीक्षा दशैँ अघि नहुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा चन्द्रमणि पौडेलले कोरोना संक्रमणदर दिनहुँ बढिरहेकाले दशैँअघि परीक्षा सञ्चालन गर्ने सम्भावना नदेखिएको बताएका छन्।
कोरोना संक्रमणका कारण दशैँअघि परीक्षा सञ्चालन गर्न केही तयारी नथालिएको पनि प्रा.डा पौडेलले जानकारी दिए।
सबैजसो जिल्लामा कोरोना महामारी नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको, धेरै विद्यार्थीहरू गाउँमै रहेका र लामो दुरीको सवारी साधन चल्ने छाँटकाँट नदेखिएकाले परीक्षा सञ्चालन गर्न सम्भव नदेखिएको बोर्डका अधिकारीहरूले बताएका छन्।
साउनमै दशैँअघि परीक्षा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसी लाई पत्राचार गरे पनि अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा