सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । यस बर्ष साउनको पहिलो सोमबार (आज) नै सोमवारे औसी परेको हुनाले सनातन हिन्दू धर्मावलंम्बीका लागि पुण्य आर्जनको महत्वपूर्ण अवसर प्राप्त हुदैछ । सोमवारे औसीको दिन विहान ब्रम्हमूहुर्तमा मौन स्नान गरेर सात्विक पूजा अर्चनामा सहभागिता जनाउॅदा प्राप्त हुनसक्ने पुण्यको फल बयान गरेर सकिदैॅन ।
अखण्ड सौभाग्य,अनन्त ज्ञान,असिमित ऐश्वर्य,अव्यक्त भोग लगायत सम्पूर्ण मनोकाङ्क्षाहरु पूर्ण गराउन बसिने श्रावण महिनाको सोमवारको व्रतको प्रयोजन र परिभाषालाई वर्तमानस्थितिमा मूल्यांकन गर्दा आश्चर्य मान्नुपर्ने अवस्था श्रृजना भएको स्पष्ट छ । अर्को वाक्यमा भन्नु पर्दा अहिले हाम्रो समाजले श्रावण महिनाको सोमवारको व्रत विवाहित स्त्रीहरुले श्रीमानको आयु बढाउन र अविवाहितहरुले चाहि असल श्रीमान पाउन बस्नु पर्दछ भनेर बुझेको छ ।
समाजले आदिकालीन हाम्रो संस्कार र संस्कृतीको मूल मर्मलाई आफ्नो र आफ्नो वातावरण अनुकुल परिभाषित गर्ने क्रममा धेरै सॉघुरो बनाएको छ । विशिष्ट अर्थ बोक्ने व्रतको क्षेत्र र मौलिकता घटाएको मात्र होईन केही अनावश्यक र औचित्यहीन क्रियाकलापहरूलाई अध्ययन र अनुसन्धान नगरी भित्र्याएको छ। कतिपय क्रियाकलापले व्रतको औचित्य र उदेश्य नै धमिल्याएको छ ।
सोमवारे औसीको दिन विहान ब्रम्हमूहुर्तमा उठेर कसैसगॅ पनि नबोली मौन स्नान गर्नु पर्छ भन्ने यथार्थ नै नसुनेका वा नबुझेका नव भक्तजनहरुमा सोमवारे औसीको दिन विहान ब्रम्हमूहुर्तमा उठेर कसैसगॅ पनि नबोली मौन स्नान किन गर्ने रु भन्ने प्रश्नको ऊतर गौण हुनुलाई आश्चर्य मान्नु स्वभाविक हुदैन।
आदिकालीन हाम्रो संस्कार र संस्कृती वर्तमानस्थितिसम्म आईपुग्दा अनेकौ वाधा व्यवधान पार गरेर आउने क्रममा पटक पटक आफ्नै भनाउदाहरुबाट लुटियो,पिटियो बलत्कृत भयो,चोरियो,ठगियो,लुछियो अनि विकृत बनाईयो ।
आदिकालीन हाम्रो संस्कार र संस्कृतीलाई आफ्नो प्राण भन्दा प्यारो संझेर त्यस प्रति निश्वार्थी भावले पूर्ण समर्पित भएर रहन सक्ने व्यक्तिहरुको अभाव नै समस्याको मूल कारण हो । यो भनाईलाई प्रमाणित गर्ने थुप्रै प्रमाण यो लेखकले सामाजिक अनुसन्धान मार्फत बटुलेको छ । कुनै भनाईको वास्तविकता र सत्यता को मापन नगरी लौकिक मान्यताको वा प्रमाणिकताको पछाडि हिड्नु अगाडि हामीले स्वध्ययन मार्फत आफूलाई बलियो धरातलमा उभ्याउनु अत्यावश्यक देखिन्छ । यही सनातन धर्म निर्देशित आदिकालीन संस्कार र संस्कृतीको मौलिकता जोगाउन हामीले गर्न सक्ने महत्वपूर्ण काम हो। जसले सन्तानहरुलाई समेत असल मार्ग निर्देशन गर्दै शालीनता,स्वाधीनता,सरलता,सफलता,सकृयता आदिले पूर्ण जीवन बाच्न सिकाउनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा