सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । लोक सेवा आयोगले अन्तरवार्ताको लागी पीसीआर परीक्षणको रिर्पोट बुझाउन आग्रह गरेको छ । आयोगले राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सोसरहको प्राविधिक तथा अप्राविधिक पदका विभिन्न विज्ञापनको द्वितीय चरणको परीक्षा र अन्तरवार्तामा सहभागी हुने उम्मेदवारले अन्तरवार्ता अगावै पीसीआर परीक्षणको रिर्पोट बुझाउन सूचित गरेको हो ।
प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी हुने उम्मेदवारमध्ये काठमाडौँ उपत्यका बाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउन अवधिमा उपत्यका बाहिर गई आएका भएमा कोभिड १९ पीसीआर परीक्षणको सक्कल रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तरवार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउन सूचना जारी गरिएको हो ।
स्वास्थ्य परीक्षण गराउन कुनै कठिनाई आईपरेमा आयोगका उपसचिवलाई मोवाइल मार्फत सम्पर्क गर्ने सहजीकरणको ब्यवस्था समेत गरेको सुचनामा जनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा