सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन-तीन तथा अन्य स्थानमा नौ नेपालीमा संक्रमण देखिएको छ ।
साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ । संक्रमितमध्ये कैयौं निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।
संक्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरेको छ ।
साउदीमा कोरोना संक्रमितको संख्या ४२ हजार ९२५ पुगेको छ । संक्रमितमध्ये हालसम्म १५ हजार २५७ निको भएका छन् । हालसम्म २६४ संक्रमितको मृत्यु भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा