सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणा मन्त्री पद्माकुमारी अर्यालले सहकारीहरुलाई मर्जरमा लानका लागि सरकारले एकिकरण कार्यविधि बनाउने तयारी गरेको बताइन् ।
सरकारले सहकारी संस्थाहरूको मर्जर अभियान सञ्चालन गर्नका लागि एकीकरण कार्यविधि बनाउन लागिएको मन्त्री अर्यालले बताइन् ।
यसैक्रममा, मन्त्री अर्यालले नेपालमा अब १०/१२ हजार सहकारी संस्था भए पुग्ने जानकारी दिइन् ।
मन्त्री अर्यालले भनिन, ‘उक्त संख्यामा सहकारी संस्था भए देश हराभरा हुने र सरकारले सोचेको संमृद्विको अभियानमा टेवा पुग्ने छ । कतिपय सहकारी देखासिकी र लहलहैमा खुलेका छन्’ क्रमशस् उनले भनिन्, ती संस्था एकीकरणमार्फत गुणस्तर सेवा दिन सक्नुपर्छ ।’ सहकारी मर्जर अनिवार्य आवश्यक भएपनि सरकारले जर्बजस्ती मर्जरमा जाउ भन्न सकिँदैन ।’
सहकारीको संख्या मात्र गनेर मात्र नहुने भन्दै मन्त्री अर्यालले सहकारीले काम देखाउनुपर्ने बेला आएको दाबी गरिन् । ‘तपाईहरुकै पहलमा संस्था मिलाएर जाउ भन्ने हिसाबले हामी अगाडी बढेका छौं,’उनले भनिन्, भरोसा तपाइहरुकै छ,‘।
सोहि प्रसंगमा, ’सहकारी संस्थाहरुलाई माथिबाट तपाईहरु मर्जरमा जानुपर्छ भनेर दबाद दिदैँनौं,’ उनले भनिन्, ‘आवश्यक सेवा सुविधा दिएर मिल्ने वातावरण बनाउँछौं ।’
यसैगरी मर्जरमा गएर सबै सहकारीले उद्योग र उत्पादन र बजारीकरणमा लगानी गर्नुपर्ने बताएकी छन् । उनले ५ वर्षमा सहकारी क्षेत्रबाट अर्थतन्त्रमा १० प्रतिशत योगदान गर्न सक्नेगरी सहकारीले उत्पादनमा लगानी बढाउनु जोड दिनुपर्ने बताइन्।
यसैगरी मर्जरले प्रतिस्पर्धी क्षमता बढ्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले बताएका छन् ।
‘यसले सञ्चालन लागत घट्छ, र गुणस्तरीय सेवा दिन सकिन्छ’ उनले भने, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारी मर्जर गर्न महासंघ उत्साहित भएपनि दण्ड लगाएर मर्जरमा जान नसकिने जनाएका छन् । ‘एकीकरण अभियानमा सबै लागौं ’उनले भने, ‘भावना मिल्ने सहकारी मर्जरमा जानुपर्छ ।’
एकीकरणले नै सहकारी बलियो हुने सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले जानकारी दिए । नेपालमा सहकारीको संख्या हाल झण्डै ३५ हजारको हाराहारीमा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा