सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । टेलिभिजन सञ्चारकर्मी रवि लामिछानेले श्रीमती निकिता पौडेलको फेसबुकमा मार्फत नयाँ सन्देश पठाएको छ । उनले आफू न्यायको पक्षमा रहेता पनि न्याय मिल्नेमा आफैलाई शंका बढ्न थालेको बताएका छन् ।
रविको श्रीमति निकिता पौडेलले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भनेकी छन् । ‘न्यायको अपेक्षा अझै मरेको छैन । तर, न्यायको पक्षमा बाधा पुर्याउने केही तत्वहरु सक्रिय भएको महसुस भएको छ । -रवि लामिछाने’
उनले हिरासत भित्रनै केही तत्वहरु आफूलाई फसाउन लागिपरेको हुनसक्ने शंका गर्न थालेका छन् । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नु अघि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीले आफुलाई मर्न वाध्य पारेको भिडियो सार्वजनिक भएसँगै प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
“न्यायको अपेक्षा अझै मरेको छैन । तर न्यायमा बाधा पुर्याउने केही तत्वहरु सक्रिय भएको महसुश भएको छ ।” – रवि लामिछाने“ We are for TRUTH; We are for JUSTICE” #proudtobeyourwife# with Rabi Lamichhane
Posted by Nekita Poudel on Tuesday, August 20, 2019
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा