सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाबाट मासिक रु. तीन करोड बराबरकोे दूध बिक्री हुने गरेको छ । सहकारीमार्फत मात्रै दैनिक १० हजार लिटर दूध बिक्री हुँदै आएको छ । सङ्कलकमार्फत पनि अत्यधिक परिमाणमा दूध बिक्री हुने गरेको छ ।
गाउँपालिकाका प्रमु
का अनुसार सहकारी तथा सङ्कलकमार्फत बिक्री हुने दूधबाट गाउँपालिकामा दैनिक रु १० लाख भित्रिने गरेको छ ।
दूधबाहेक गाउँपालिकाबाट केरा, मकै, कोदो, अदुवालगायत कृषिउपज बिक्री हुने गरेको छ । ‘गाउँपालिका व्यावसायिक र आधुनिक कृषितर्फउन्मुख हुँदै गएको छ, उत्पादनमा उल्लेख्य वृद्धि भएको छ’, परियारले भने ।
कृषिमार्फत समृद्ध हुने ठानेर कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाइँले बताए । गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा माटो र गोबर परीक्षण केन्द्र सञ्चालनको तयारी गरेको छ ।
पशु आहाराका लागि दाना उद्योग सञ्चानकोसमेत तयारी भइरहेको हुमागाईँ बताउनुहुन्छ । गाउँपालिकामा हाल ३० ठूला गाईपालन केन्द्र सञ्चालित छन् ।
मकवानपुरगढी गाउँपालिकाको दोस्रो ठूलो उत्पादन यहाँको मालभोग प्रजातिको केरा हो । आधुनिक खेती प्रणालीमार्फत मकवानपुरगढीमा दैनिक लाखौं रुपैयाँको तरकारी, केरालगायत उत्पादन बिक्रीका लागि अन्यत्र लैजाने गरिन्छ । राज्मा, बोडी, मास, सिमी, भटमास तथा विभिन्न प्रकारका मौसमी एवम बेमौसमी तरकारी यहाँ प्रशस्त उत्पादन हुने गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा