सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सप्तरी, साउन २९ । मंगलबार समाजवादी फोरम पार्टी नेपालकाधे दाधिकारीहरुको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नम्बर-१ को प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवले पदबाट राजीनामा दिएको जानकारी गराएका छन् ।
तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट प्रत्यक्ष निर्वाचित यादवले पार्टी (समाजवादी) लाई जानकारी नदिई संसद् सचिवालयमा राजीनामा पेस गरिएको जनाएका छन् ।
यसैक्रममा, माजवादी पार्टीको बैठकमा अध्यक्ष यादवले सभामुख कृष्णबहादुर महरालाई राजीनामा स्वीकृत नगर्न आग्रह गरे ।
डा. यादवको राजीनामाबारे पार्टीलाई कुनै जानकारी नभएको समाजवादी पार्टीका उपमहासचिव प्रकाश अधिकारीले बताएका छन् । ‘उहाँले किन राजीनामा दिनुभयो, थाहा हुन सकेको छैन’, अधिकारीले भने, ‘हामी यसबारे बुझ्दै छौं ।’
जनकपुरका बालरोग विशेषज्ञ डा. यादव राजनीति क्षेत्रमा खासै सक्रिय नदेखिएता पनि निर्वाचनमा एक्का-एक फोरमको उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रीएको थियो ।
अध्यक्ष यादव र सांसद डा. यादवबीच ५-६ महिनायता मनमुटाव देखिँदै आएको पार्टी स्रोतले जनाएको छ ।
अध्यक्ष यादव सरकारमा गएपछि सांसद यादव स्वास्थ्य राज्यमन्त्री बन्ने दाउमा रहेको सांसद यादव निकट एक नेताले बताएका छन् । यसैक्रममा, अध्यक्ष यादवले अर्का चिकित्सक डा. सुरेन्द्र यादवलाई राज्यमन्त्री बनाएपछि उनी चिढिएको एक नेताले बताएका छन् ।
उनको राजीनामा उपचुनावसँग जोड्न थालिएको छ भने, यादवको राजीनामा स्वीकृत भएमा सप्तरी १ मा उपचुनाव हुन्छ । सीके राउतले उपचुनाव भएमा उम्मेदवारी दिने चर्चा सामाजिक सञ्जालमा चर्च भएपछि जनमत पार्टीले खण्डन गरेका छन् ।
यसैक्रममा, राउत उपनिर्वाचनमा सहभागी हुने योजना नरहेको जनमत पार्टीका प्रवक्ता अब्दुला खाणले बताएका छन् । तर उनले जनमत पार्टी निर्वाचनविरोधी नभएको बताएका छन् ।
उपचुनावबारे पार्टीमा छलफल नचलेको पनि सीके निकट मानिने जनमत पार्टीका नेता दीपक साहले बताएका छन् । ‘उपचुनावका विषयमा पार्टीमा छलफल भएको छैन,’ साहले भने, ‘छलफल नै नभएको विषयमा अहिल्यै केही बताउन सकिन्न ।’
भदौ १ गतेदेखि जनमत पार्टीले काठमाडौँ र जनकपुरबाट पार्टी कार्यालय सञ्चालनमा ल्याउँदैछ । सीके राउत गत फागुनमा मूल धारमा आएका थिए । यसपछि उनले निर्वाचन आयोगमा जनमत पार्टी दर्ता गराएर पार्टी गतिविधिमा सक्रिय बढाउँदै आएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा