सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २८ । मंगलबारको प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावलि २०७५ को परिच्छेद ८ बमोजिमको प्रश्न उत्तर कार्यक्रममा भाग लिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्तृका प्रसाद यादवले जनतालाई गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउने विषयमा सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
सो प्रश्न उत्तर कार्यक्रममा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कालोबजारी रोक्ने र गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउने जिम्मेवारीमा सरकार कटिबद्ध रहेको स्पष्ट पारेका छन् ।
यसैक्रममा, मन्त्री यादवले सबै प्रदेशका मन्त्री, महानगर, उपमहानगरपालिका लगायतका पदाधिकारीहरुसँग बृहत छलफल गरी योजना बनाउने काम भएको जनाएका छन् । मन्त्री यादवले अनुगमन र कारबाही गरेको पनि सुन्न र देख्न आग्रह गरेका छन् ।
मन्त्री यादवले भने, ‘योजना बनाएको मात्रै सुन्नुभयो । थुप्रै अनुगमन गरेको छु । थुप्रै कारवाही गरेको छु । त्यो चाही सुन्नुभएन मलाई आश्चर्य लाग्छ । एकातिर मात्रै सुन्ने कि दुईटै कानले सुन्ने हो । योजना मात्रै सुन्नुभयो । अनुगमन गरेको कारबाही गरेको सुन्दिनुभएन भने त मन्त्री प्रति अन्याय हुन्छ । अन्याय नगर्दिनु होला भन्ने मेरो आग्रह छ ।’
नेपालमा आयात हुने तरकारी तथा फलफुलमा ८० प्रतिशत सम्म विषादी पाईएको भन्ने कुरामा असत्यता भएको पनि मन्त्री यादवले बताएका छन् ।
मन्त्री यादवले भने, ‘असार मसान्त सम्म ३ हजार ७ सय ४४ वटा नमुना परीक्षण गरिएकोमा ३ हजार ७ सय २९ वटामा ३५ प्रतिशत भन्दा कम देखिएको, १३ वटा नमुनामा ३५ भन्दा बढी देखिएको र २ वटा मा ४५ भन्दा बढी प्रतिशत विषादी प्रयोग भएको पाईएको छ ।’
विषादी जाँच गर्न रोकिएको भन्ने कुरा पनि असत्य भएको मन्त्री यादवले स्पष्ट बनाए । यसैक्रममा, मन्त्री यादवले सबै स्थानमा उच्चस्तरीय परीक्षण प्रयोगशाला नभएको राजधानी ल्याएर परीक्षण गर्ने गरिएको बताएका छन् ।
नेपाल भारतबीच मध्य पहाडी लोकमार्गको उद्गम स्थल चिवाभञ्याङ्गमा व्यापारिक नाका स्थापना गर्ने योजना नभएको र थप नाका स्थापना गर्नुपर्ने देखिएमा दुईपक्षीय वार्ता गरेर मात्रै स्थापना गरिने समेत मन्त्री यादवले बताएका छन् ।
मंगलबारको उक्त बैठकमा मन्त्री यादवलाई सांसदहरु उमा रेग्मी ,बषन्त कुमार नेम्वाङ्ग, डिला संग्रौला पन्त, रंगमती शाही, प्रेम सुवाल, घनश्याम खतिवडा, लक्ष्मी परियार, दिव्यमणि राजभण्डारी लगायतले प्रश्न गरेका थिए ।
प्रश्न सोध्नका लागि नाम टिपाउने सांसद महेन्द्र राय यादवको अनुपस्थितका कारण बैठकमा मंगलबारका लागि निर्धारित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसंगको प्रश्नोत्तरको कार्यक्रम भने हुन सकेन । मन्त्री पण्डित प्रश्न सोध्ने सांसद नभएपछि रोष्टम पुगेर फर्किएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा