सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २८ । मंगलबार सिंहदरबारमा भएको पत्रकार सम्मेलन लाई सम्बोधन गर्दै ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०७५/७६ मा नेपाल विद्युत प्राधिकरणले ७ अर्ब २० करोड नाफा कमाएको बताएका छन् ।
.
मन्त्री पुनले गत आर्थिक वर्ष २०७४/७५ को तुलनामा यो आर्थिक वर्ष २०७४/७५ मा १४९ प्रतिशत बढी नाफा भएको जनाएका छन् । आर्थिक वर्ष २०७४/७५ मा साढे २ अर्ब मात्र नाफा भएको उनले बताएका छन् ।
यसैक्रममा, प्राधिकरणले ब्याज र रोयल्टी गरी गएको आर्थिक वर्षमा १५ अर्ब ५९ करोड रुपैयाँ राष्ट्रिय ढुकुटीमा जम्मा गरिएको थियो ।
यसैगरी विद्युत् चुहावट पनि १५.३२% मा झरेको छ । यो अघिल्लो वर्ष भन्दा ५.१३ प्रतिशतले कमी भएको हो । आर्थिक वर्ष २०७४/७५ मा चुहावट २०.४५% रहेको थियो ।
गत आवमा ७ अर्ब ५५ करोड युनिट बिजुली खपत भएकोमा प्राधिकरणको ३४५, निजी उत्पादकको २९५ र भारतबाट ३७ प्रतिशत आयात भएको थियो ।
यसैक्रममा, अहिलेसम्म ७८५ अर्थात ४५ लाख नागरिकको घरमा बिजुली पुगेको थियो। यस्तै, गत वर्ष मात्रै १०५ ग्राहक बढेका छन ।
अब प्राधिकरणमा धेरै सुधार भएको र अब पछाडि नजाने उक्त कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा