सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अवैध रुपमा बसिरहेका ५ जना श्रीलंकाली नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको जानकारी दिए।
उनीहरु गैरकानुनी रुपमा लामो समयदेखि बस्दै आएका थिए । यसैकारण सरकारले उनीहरुको दुई लाख ५० हजार अमेरिकी डलरभन्दा बढी भिसा शुल्क मिनाहा गरेर निस्काशन गर्ने निर्णय गरेका छन्।
यसैक्रममा, उक्त बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धकमा नारायणप्रसाद बास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यसैगरी उक्त बैठकले तीन सय थान नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्धारा साझा यातायात सहकारी संस्था लिमिटेडलाई तीन अर्ब रुपैयाँ नेपाल सरकारको शेयर लगानीका रुपमा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
त्यस्तै, बुटिक विमानस्थल विकास सम्बन्धी कार्यविधि, २०७६ संशोधन गर्नुका साथै नागरिक उड्ड्यन प्राधिकरणका कर्मचारीको सेवाका शर्त र सुविधासम्बन्धी अठारौँ संशोधन नियमावली पनि स्वीकृत गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा