सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार ३१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुंगिएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भएर बनेको नेपाल कम्यूनिष्ट पार्टी नेकपाले एकीकरण भएको एक बर्षभन्दा बढी समयपछि पूर्णता पाएको हो ।
मंगलबार पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा विशेष प्रदेश, केन्द्रीय आयोग, विभाग, सल्लाहाकार परिषद् लगायतका सबै विषयमा सहमति जुटेको नेकपा स्रोतले जनाएको छ । मंगलबारको बैठकमा साउन ५ गते सचिवालय बैठक बसेर एकता प्रकृया टुँगो लागेको औपचारीक घोषणा गर्ने निर्णयसमेत भएको छ ।
अध्यक्षद्वयबीच भएको छलफलमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलसमेत सहभागी रहेका थिए । मुख्य दुइ बामपन्थी नेकपा एमाले र माअवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकीकरणको घेषणा गरिएको थियो । (थाहा खबर)
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा