सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय/कञ्चनपुर, असार १२ । कञ्चनपुरमा जल श्रोत तथा सिचाई विकास डिभिजन कार्यालय कञ्चनपुरका दुईजना कर्मचारी घुस लिदै गर्दा रंगेहात पक्राउ परेका छन ।
कार्यालयका डिभिजन अधिकृत अजित कुमार श्रीवास्तव र इन्जिनियर एवं सुचना अधिकारी गिरिस्मा ठगुन्ना नगद घुस लिदै गर्दा रंगेहात पक्राउ परेका हुन ।
सेवाग्राहीबाट नगद २ लाख घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
घुस लिदै गरेको गोप्य सुचनाका आधारमा कार्यालय पुगेका आयोगको टोलिले दुइजनालाई पक्राउ गरेको हो । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १९ स्थित चौधर नदी नियन्त्रणका लागि बनेको उपभोक्ताका अध्यक्ष मिलन सिंह संग समितिले निर्माण सम्पन्न गरेको तटबन्ध योजनाको भुक्तानी दिने क्रममा घुस माग्दा र सिंहले घुस दिने क्रममा आयोगको टोलिले रंगेहात पक्राउ गरेको जानकारी दिएको छ ।
रंगेहात पक्राउ परेका श्रीवास्तव र ठगुन्नालाई उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय पठाउने तयारीमा रहेको आयोगको कञ्चनपुर कार्यालयले जानकारी दिएको छ ।
यसअघि पनि कञ्चनपुर टोलिले धेरैलाई रंगेहात पक्राउ गरेको थियो । आयोगका अनुसार सुदूरपश्चिम प्रदेशमा दिनहुुँ भ्रष्टाचार बढ्दै गरेको समेत जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा