सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, असार ८ । संजय लीला भन्सालीको नयाँ फिल्म ‘इन्साल्लाह’मा मुम्बईको बलिउडका सुल्तान सलमान खान र आलिया भट्टले काम गर्ने लागेका हुन । यसैक्रममा, आलिया भट्ट सलमान खानसँग पहिलोपटक फिल्मी पर्दामा देखिन लागेका छन् ।
पहिलोपटक सलमान खानले लामो समयपछि सँगै काम गर्न लागेका फिल्म ‘हम दिल दे चुके सनम’ मा काम गरेका थिए । उक्त फिल्ममा ऐश्वर्या राय र अजय देवगन पनि सँगै देखिएका थिए ।
सलमान खानले ४० वर्षीय अमेरिकी व्यवसायीको भूमिका निभाउने फिल्मको बारेमा बलिउड तड्का अनलाइन पत्रिकाले लेखेका छन् । जसमा आलियाले २०–२२ वर्षकी युवतीको भूमिका निभाउँनेछिन् भने सलमान खानले ४० वर्षका व्यवसायीको भूमिका निर्वाह गर्ने जनाएको छ ।
यस फिल्ममा सलमानले लापरवाही पुरुषको भूमिकामा देखिनेछन् भने, जसलाई जिन्दगीको अर्थ पार्टी, मोजमस्ती भन्ने मात्रै लाग्छ । यसैक्रममा, उनका पिताले उनलाई विवाह गरेर सुध्रिनुपर्ने सल्लाह दिन्छन् र उनको भेट आलियासँग हुन्छ । सलमानले आलियालाई पिताको अगाडि नाटक गर्न आग्रह गर्छन् तर सलमानको आलियासँग वास्तवमै प्रेम हुने बलिउड तड्का अनलाइन पत्रिकाले जनाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा