सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / कैलाली, असार १ । चालु आर्थिक बर्ष २०७५/०७६ सकिन अब १ महिना मात्र बाकी छ र अर्को आर्थिक बर्ष २०७६/०७७ को लागि नयाँ बजेट ल्याउनका लागि जनप्रतिनिधिलाई त्यतिनै चटारो छ । १ महिनाको समयमा पालिका अथवा वडाको बजेट सक्ने र पालिका एवं वडाको बजेट ल्याउनुपुर्व जनताहरुसंग अन्तर्कृया, छलफल गर्ने कार्य पनि तीब्र रुपमा भैरहेको छ ।
टीकापुर नगरपालिकाले यही ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ भने १० गते नगरपालिकाको बजेट सार्वजनिक गर्नेछ । यसकै दौरानमा टीकापुर नगरपालिकामा रहेको ९ वटै वडाका जनप्रतिनिधि यतिबेला गाउँ भेलामा व्यस्त छन । जनतासंग छलफल गरेर जनताको सुझाव र माग अनुसार बजेट विनियोजन गर्न सहज होस भन्ने हेतुले जनप्रतिनिधिहरु गाउँ, टोलमा छिरेको बताउछन । वडाध्यक्ष, वडा सदस्य, वडासचिव लगायतका टोलि जनताहरुलाई सामुहिक भेला बोलाएर उनीहरु संग नीति तथा कार्यक्रम र बजेट सम्बन्धि छलफल गरिरहेका छन ।
सुदूरपश्चिम प्रदेशले आइतबार नै बजेट प्रदेश सभाबाट सार्वजनिक गर्दैछ । त्यसैगरी आइतबार नै गण्डकी प्रदेशले पनि बजेट भाषण गरेर बजेट सार्वजनिक गर्नेछ । प्रदेशले बजेट सार्वजनिक गरिसकेपछि स्थानीय तहहरुले पनि बजेट ल्याउने कार्यक्रम आआफ्नै मितिमा बनाएका छन । स्थानीय तहमा जनप्रतिनिधि आइसके पछिको तेश्रो बजेट हो भने, प्रदेश र प्रतिनिधि सभाका जनप्रतिनिधि आइसकेपछिको दोश्रो बजेट हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा