सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाढौँ, जेठ ३१ । आगामी असार १ गते आइतबारका दिन काठमाडौँमा रहेका निजी विद्यालयहरु बन्द हुने भएको छ ।
निजी विद्यालयहरुको छाता सँगठन एन प्याब्सन काठमाडौँका सहसचिव, एनप्याब्सन गोकेर्णेश्वर नगरकमिटिका अध्यक्ष एवं बौद्ध पिपलबोट अवस्थित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालकुमार गुरुङको असामयीक निधनका कारण असार १ गते काठमाडौँका सम्पुर्ण निजी विद्यालयहरु बन्द गर्ने जनाएको छ ।
प्याब्सन काठमाडौँ र एन प्याब्सन काठमाडौँले संयुक्त रुपमा आइतबार निजी विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । सोही निर्णय अनुसार कार्यान्वयन गर्न आफ्ना सदस्य विद्यालयहरुलाई अपील गरेका छन् ।
प्याब्सन काठमाडौँका अध्यक्ष श्रेष्ठ र एनप्याब्सन काठमाडौँका अध्यक्ष पराजुलीले हस्ताक्षर गरेर एक विज्ञप्ती जारी गर्दे विद्यालय बन्द गर्ने जानकारी दिए । लामो समय देखि शिक्षा क्षेत्रमा सकृय गुरुङको उपचारका क्रममा बिहीबार मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले बताएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा