सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २१ । समाजवादी पार्टी नेपालले लोकसेवा आयोगले स्थानीय तहका लागि ९ हजार बढि कर्मचारीको लागी भर्ना आह्वान गरेकोमा आपत्ति जनाएको छ । मंगलबार पार्टीका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले एक विज्ञप्ति जारी गर्दै आयोगले प्रकाशित गरेको विज्ञापनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।
विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐनले कर्मचारीको पदपूर्ति प्रदेश लोकसेवा आयोगबाट गरिने स्पष्ट व्यवस्था हुँदाहुँदै संघीय लोकसेवा आयोगले समानुपातिक र समावेशिता समेतको संवैधानिक र कानुनी दायराभन्दा बाहिर गएर कर्मचारी भर्ना गर्न लागेको आरोप लगाइएको छ ।
कानुन विपरित स्थानीय तहका लागि भनेर निकालिएको कर्मचारी भर्नासम्बन्धी सूचना अविलम्ब फिर्ता लिन समेत विज्ञप्तिमा भनिएको छ । उसले संविधान विपरित गैह कानुनी कार्यहरु रोक्न र कुनै पनि निकाय वा अंगहरुबाट त्यस प्रकारको कानुन विपरितका काम कार्वाही हुन नदिने चेतवानी समेत दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा