सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १९ । प्रतिनिधिसभामा आइतबार बसेको बैंठकमा सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले सभामुखसँग समय लिएर भाँच्चिएको कुर्सी हटाउने व्यवस्था गर्न उक्त कुर्सी नै देखाएर संसदको ध्यानाकर्षण गरेका छन् ।
संसद बैठक कक्षमा भाँच्चिएको कुर्सीको आधी भाग उचालेर देखाउँदै उनले भने, ‘४ पटक भयो सभामुख महोदय म यहाबाट लडेको अहिले सम्म दुर्घटना भएको छैन, धेरै पटक बाँचिएको छु ।
तर यो कुरा कतिपटक भन्नुपर्ने हो संसद सचिवालयलाई ? आगामी दिनमा यस्ता कुर्सी नराखियोस् । यो त धराप भयो । त्यसकारण यो त धेरै गम्भीर आपत्तीको विषय भएको हुनाले ज्यान जोगाई पाउ भन्न पर्ने अवस्था आयो ।
उनको ध्यानाकर्षण सँगै संसद बैठक कक्षमा हाँसो छाएको थियो । सांसद अधिकारीले उठाएको विषयबारे गम्भीर रुपले ध्यानाकर्षण भएको सभामुख कृष्ण बहादुर महराले जनाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा