सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ १६ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुनु विहिवार (आज) नयाँ दिल्लि जादैछन् । सोमबार आएको औपचारिक निम्तो मान्न प्रधानमन्त्रि ओली विहिवार सपथग्रहण समारोहमा भाग लिन जान लाग्नु भएको हो ।
भारतको लोकसभा निर्वाचनमा प्रचण्ड बुहमत ल्याएको बीजेपीको संसदीय दलको नेता चुनीएका नरेन्द्र मोदीले विहिवार (आज) बेलुका ७ बजे राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । र उनको मन्त्रिपरिषद्ले पनि बिहीबार नै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
स्रोतका अनुसार मोदी ओलीबिच भोलि विहान भेट हुने कार्यक्रम रहेको छ।
खबर अनुसार, प्रधानमन्त्रि नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा बिमस्टेक का सबै नताहरुलाई पनि निमन्त्रणा गरीएको छ ।
विमस्टेकका सदस्यहरुमा नेपाल लगायत बंगलादेश, म्यान्मार, श्रीलंका, थाईल्याण्ड र भुटान देशका सरकार प्रमुखहर शपथ ग्रहण समारोहमा समावेश हुन निम्ता गरीएको छ । खबर अनुसार बंगलादेशकी प्रधानमन्त्रि शेख हसीना सपथ ग्रहणमा समावेश नहुने भएकी छिन । उनी के–कति कारणले समावेश नहुने सोको जानकारी मिल्न सकेको छैन ।
यता छिमेकी देश पाकिस्तानलाई भने निमन्त्रणा नदिइएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा