सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, चैत २७। नेपाल कम्युनिस्ट पार्टी टीकापुरले नयाँ बर्ष २०७६ को अवसरमा शुभकामना आदानप्रदान एवं कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको हो । सिपि खनालको अध्यक्षतामा बुधबार नारायणपुरमा आयोजित शुभकामना आदानप्रदान एवं कार्यकर्ता भेटघाट कार्यक्रमको प्रमुख अतिथिमा पुर्व सांसद एवं नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य गरिमा शाह रहनुभएको थियो भने बिशिस्ट अतिथिमा पुर्व सांसद हरि ज्ञवाली, टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावल रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य शाहले दुई ठुला पार्टीहरु एक भएकाले धेरै नेताहरुलाई मिलाउन र व्यवस्थापन गर्न पार्टी भित्र दैनिक रुपमा छलफलहरु, बैठकहरु भैरहेकाले अझैसम्म ठोस निर्णय निस्कन नसकेको र एकता प्रक्रिया अहिलेसम्म नटुङ्गिएको बताउदै वडा, नगर, जिल्ला कमिटीको एकता प्रक्रिया टुङ्गिए केन्द्रको एकता प्रक्रिया पनि टुङ्गिने बताउनुभयो । अहिले सरकार पनि बिगत भन्दा नयाँ ढङ्गले अगाडी बढेको र राम्रा कामहरु भैरहेको बताउदै पार्टीको एकताको र सरकारको काम प्रभावकारी बनाउन २२ जना केन्द्रिय सदस्यहरुले दबाब दिइरहेको बताउनुभयो । चुनावताका कैलाली १ बाट प्रतिनिधि सभामा नेकपाबाट उम्मेदवार समेत रहनुभएकी उहाँले चुनावपछिको यो नेता कार्यकर्ता सङ्गको पहिलो भेट भएको भन्दै अब केन्द्रिय कमिटी एकता भए पनि नभए पनि वडा नगर कमिटीको एकता सक्न लागिपर्नु पर्ने बताउनुभयो ।
त्यस्तै पुर्व सांसद हरि ज्ञवालीले एकै बर्षमा स्थानीय जनप्रतिनिधि हुन या केन्द्रिय सरकार कसैको पनि कामको नतिजा खोजेर नमिल्ने बताउदै जनताले अपेक्षा गरेजती कामहरु पनि नभएका तर भएका कामहरु पनि जनताहरु माझ नपुगेको गुनासो समेत गर्नुभयो । यस्तै टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले जनप्रतिनिधिहरुले गरेका राम्रा कामहरु जनताका माझ लिने काम पार्टीको भएको बताउदै जनप्रतिनिधि पार्टीबाट नै निर्देशित हुने भएकाले पार्टीले जनप्रतिनिधिहरुलाई उत्साहित गर्नुपर्ने बताउनुभयो ।
उहाँले अहिले जनता र जनप्रतिनिधि बिच खालीपन देखिएको गुनासो गर्दै आफू पार्टीको कुराहरु गर्ने भन्दा पनि आफुले जनताहरु कुराहरु कत्तिको गर्न सके र कत्तिको छुटे त्यसतर्फ चिन्तित भएको बताउनुभयो ।
आशा चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन केदार चौधरीले गर्नुभएको थियो । बिपि निकुञ्ज सामुदायिक वनमा भएको कार्यक्रममा थुप्रै नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा