सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, चैत्र २६ । काठमाडौं उपत्यकामा आज विहानैदेखि वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी र मध्य भु–भागमा सामान्य बदली र पश्चिमि भू–भागमा आंशिक बदली रहने जनाएको छ ।
देशको पूर्वी मध्य भू–भागका केही स्थानमा र पश्चिमका १–२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जनाइएको छ । पूर्वी र मध्य तराईका केही स्थानहरुमा हुरी बतास चल्ने सम्भावना छ भने हिमालि भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।
रातिः देशका पूर्वी भु–भागमा आंशिक देखि सामान्य बदली र बाँक्री भू–भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना देखिन्छ।
पूर्वि तथा मध्य तराईका केही स्थानहरुमा हुरि बतास चल्ने सम्भावना छ । मध्य र पूर्वी हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।
भोली (बुधबार) दिउँसो देशको प्रायः स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात सामान्य बदलि भई मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्त भोली रातिः देशभरि आंशिक बदलि रहनेछ । देशको थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा