सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, फागुन २८ । दक्षिण कोरीयामा दुर्घटनामा परेर गम्भिर घाइते ओम प्रकाश हमालले सहयोगको लागी याचना गरेका छन् । बाँके जिल्ला चाँदनी चोक घर भएका हमाल रोजगारीको सिलसिलामा सात महिना अघि कोरीया पुगेका थिए ।
हमाल काम छोडेर फारानको लालीगुराँस सेल्टरमा बसिरहेको अवस्थामा खसेर दुर्घटनामा परेका हुन् । खस्दा उनको चार ठाउँमा मेरूदण्ड भाचिएको छ भने घाँटीको हड्डी २ ठाउँमा भाचिएको र टाउकोमा चोट लागेको छ ।
झण्डै एक महिना भन्दा बढी समयदेखी हमाल सउलको 굼천।구청 स्थित 희명 병원 मा उपचार भईरहेको छ । नेपालबाट आएको सात महिना मात्र भएको र काम छोडेर बसेको बेला भएको दुर्घटना हुँदा साहुले पनि कुनै सहयोग नगर्ने अवस्था र घरको आर्थिक अवस्था पनि कमजोर भएको, कोरियाको हस्पिटल खर्चको बिल पनि तिर्न असमर्थ भएको ठकुरी समाज कोरीयाले जानकारी दिएको छ ।
नेपालमा गएर थप उपचारका गर्नुपर्ने भएको हुँदा ूठकुरी समाज दक्षिण कोरियाूको पहलमा उहाँलाई सहयोगको लागि आर्थिक संकलन अभियान चलिरहेको हुँदा कोरियामा रहेका सम्पुर्ण नेपालीहरुलाई सहयोगको लागी अपिल गरिएको छ ।
सहयोगको लागी
Account no. : 472-910376-64107
Bank : KebHana Bank
Code : 81
Name : Chand Naresh
Contact no.01059572670
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा