सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फागुन । आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा ‘कमाण्ड एण्ड स्टाफ कोर्स सम्पन्न गर्नेलाई प्रमाणपत्र प्रदान गरिएको छ । आर्मी कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरीमा फागुन ९ गते आयोजित कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाले प्रमाणपत्र प्रदान गरेका हुन्।
विदेशीसहित कूल ६२ विद्यार्थी सहभागिता रहेको उक्त कोर्षमा नेपाली सेना ४९, नेपाल प्रहरी एक, सशस्त्र प्रहरी एक, राष्ट्रिय अनुसन्धान प्रहरी एक, बङ्गलादेश एक, चीन दुई, भारत एक, लेवनान एक, माल्दिभ्स एक, पाकिस्तान एक, श्रीलङ्का एक, बेलायत एक र अमेरिकन एक रहेका छन्।
कार्यक्रममा प्रधानसेनापति थापाले २५ औँ शृङ्खला पार गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनको सफलताको कामना गरे। “नेपाली सेनामा पहिलोपटक कमाण्ड एण्ड स्टाफ कोर्ष पूरा गर्ने महिला पाएकामा सङ्गठन खुशी छ”, प्रधानसेनापति थापाले भने।
प्रधानसेनापति थापाले कमाण्ड एण्ड स्टाफ कोर्षमा स्वदेशी तथा विदेशी रहेकाले सम्बन्ध विस्तारमा समेत थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । जीवनको महत्वपूर्ण कोर्ष पूरा गरेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देखिने सुरक्षा चुनौती समाधान गर्न सहज हुने उनको भनाइ थियो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा खनियाँले विश्वको अरु विश्वविद्यालयको तुलनामा त्रिभुवन विश्वविद्यालय पुगेको बताउँदै त्रिविले विदेशी विद्यार्थीलाई समेत अध्ययन अध्यापन गराउँदै आएको बताए। “विश्वका अरु मुलुकको जस्तो शिक्षा प्रदान गर्न त्रिभुवन विश्वविद्यालय दृढ छ”, उनले भने।
कलेजका प्रमुख एवं उपरथी ईश्वर हमालले कलेज दक्ष जनशक्ति उत्पादनमा लागेको बताए।कलेजले हालसम्म ८१५ नेपाली सेना, नौ नेपाल प्रहरी, २० सशस्त्र प्रहरी, ६३ विदेशीलाई उक्त कोर्ष शिक्षा प्रदान गरिसकेको छ । पच्चीसौँ शृङ्खलाबाट नेपालका सुनील विष्ट र प्रतीकसिंह कार्की उत्कृष्ट विद्यार्थी घोषित भएका छन् । उनीहरुलाई नगद रु ५० हजारसहित सम्मानसमेत गरियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा