सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, फागुन २। हिजो बुधबार ओरालो लागेको सुनको मूल्य आज बिहीबार पुनः उकालो लागेको छ। आज बिहीबार छापावाल सुन प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुनको मुल्य प्रतितोला ६१ हजार ६ सय रुपैयाँ रहेको थियो।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने यथावत रहेको छ । आज चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भईरहेको छ। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा