सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कास्की, माघ २१। नेपाली कांग्रेसका युवा नेता गगन थापालाई आफ्नै नेपाल विद्यार्थी संघ
(नेबिसंघ) का विद्यार्थीले कालो झण्डा देखाएका छन् ।
सरकारको विरोधमा नेपाली कांग्रेस कास्की कार्य समितिले गरेको विरोधसभामा सम्बोधन गर्न आउनुभएका नेता गगन थापालाई केही युवाले कालो झण्डा देखाएका हुन्।
नेविसंघले शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको गाडी जलाएको थियो । तर, गगनले त्यसलाई निन्दनीय भनेपछि पोखरामा नेवि संघका विद्यार्थीले उनलाई कालो झण्डा देखाएका हुन् ।
थापाले सम्बोधन गरिरहेकै ठाँउमा ३-४ जनाको समूहमा आएका केही युवाहरुले कालो झण्डा देखाएका हुन् ।
नेता गगन थापाले विरोध सभालाई सम्बोधन गर्दै सरकार जिम्मेवारीपूर्ण रुपमा अगाडि बढ्न नसकेको बताउनुभएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा