सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, माघ १६। प्रधानमन्त्री केपि शर्मा ओलीले बैंक खातामा पैसा भए पनि नभए पनि रंगशाला बनाउने आँट देखाएको भन्दै ‘धुर्मुससुन्तलीको’को प्रशंसा गर्नु भएको छ।
सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुुन्तली’को फाउन्डेसनले भरतपुरमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरेको कार्यक्रममा प्रधानमन्त्री केपि शर्मा ओलीले दुबैको प्रशंसा गरेका हुन्।
बुधबार चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा कार्यक्रमलाई राष्ट्रिय सभा गृहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफु फाउन्डेशनलाई हरेक क्षेत्रबाट सहयोग गर्न तयार रहेको बताए। उनले यो अभियानमा साथ दिन सम्पूर्णमा आग्रह समेत गरे।
चितवनमा बन्न लागेको क्रिकेट रंगशाला निर्माणको लागत ३ अर्ब लाग्ने अनुमान गरिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा