सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ ११ । पहिलो एकदिवसीय क्रिकेटमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दिएको छ । दुबईस्थित आइसीसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३३ ओभर ५ बलमा ‘अलआउट’ हुँदै ११३ रनमा समेटियो ।
खराब ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन जोडे । यस्तै, आरिफ शेखले २५ रन जोड्दा कप्तान पारस खड्काले २० र सन्दीप लामिछाने १५ रनमा आउट भए ।
अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपालका विनोद भण्डारीले ५, पवन सर्राफले ४, करण केसीले ३ रन जोडेर आउट भए । ललितनारायण राजवंशी २ रनमा अविजीत रहे ।
नेपालका ओपनर ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र वसन्त रेग्मीले रनको खाता खोल्न सकेनन् ।नेपाललाई सस्तैमा समेट्नेक्रममा युएइका मोहमद नाभिद र अमीर हायतले समान ३/३ विकेट लिएका थिए । यस्तै, इमरान हेदरले २ विकेट लिए ।
नेपालले युएईसँग तीन खेलको एकदिवसीय र तीन खेलको टी–२० सिरिज खेल्नेछ । नेपालले दोस्रो एकदिवसीय खेल शनिबार खेल्नेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)बाट एकदिवसीय मान्यता पाएपछि नेपाल दोस्रो एकदिवसीय सिरिज खेल्न युएई पुगेको हो । एकदिवसीय मान्यता पाएपछि नेपालले युएईसँग दोस्रो सिरिज खेल्न लागेको हो ।
यसअघि, नेदरल्यान्ड्ससँग नेपालले पहिलो एकदिवसीय सिरिज खेलेकामा पराजित भएपनि दोस्रो खेलमा एक रनको जित हासिल गरेको थियो ।
नेपालका पारस खड्का तथा युएईका मोहम्मद नाभिदको कप्तानीमा खेल हुँदैछ । नियमित कप्तान रोहन मुस्ताफासहित तीन खेलाडी प्रतिबन्धमा रहेका कारण युएईको नेतृत्व ‘फास्ट बलर’ नाभिदले गर्दैछन् ।
नेपालले युएईसँग तीन टी–२० सिरिज पनि खेल्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा