सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, माघ ११ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले पेश गरेको चिकित्सा शिक्षा विधेयक २०७५ दुईतिहाइ बहुतबाट पारित गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले विधेयक पास गराउन सरकार भन्दा सभामुख खुलेर लागेको आरोप लगाएका छन् ।
संसद बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै थापाले एक पटक पनि सम्वादको पहल नगरी सरकारले पेलेर विधेयक पारित गरेकोमा कडा विरोध गर्दे भने “सदन अवरोध गरेर उिभइरहेको प्रतिपक्षलाई निषेध गर्ने सरकारले मसँग दुईतिहाइ बहुमत छ भन्ने सन्देश दिन खोजेको छ। यो निषेधको राजनीतिको प्रारम्भ हो।”
उनले भने, “सदन अवरोध गरेर उिभइरहेको प्रतिपक्षलाई निषेध गर्ने सरकारले मसँग दुईतिहाइ बहुमत छ भन्ने सन्देश दिन खोजेको छ। मसँग असहमति राख्नेलाई म चिन्दिनँ, उनीहरूको कुरा म मान्दिनँ भन्ने सन्देश दिएको छ। यो निषेधको राजनीतिको प्रारम्भ हो।”
सांसद थापाले बैठक अघि छलफलमा बोलाएर विरोध भयो भने सदन अघि बढाउँदिन भनेका सभामुखले जालझेलपूर्ण ढंगबाट विधेयक पारित गराएको बदला कांग्रेसले लिने चेतावनी दिए ।
“उहाँले बैठक सुरू हुनुअघि निकास निकाल्छु, कम्तीमा मुठभेड हुन दिन्नँ भन्नुभएको थियो। तर, सदनमा आएर उल्टो व्यवहार देखाउनुभयो” थापाले भने ।
नेता थापाले १७ दिनदेखि अनशनमा रहेका प्रा.डा. गोविन्द केसीको माग पुरा नगरी सरकारले ताली बजाएर विधेयक पारित गरेको भन्दै यसले जटिलता बढाउने जिकिर गरे । “सरकारको भनाइ अनुसार केसीका ९५ प्रतिशत माग पुरा भएका छन् । सरकारले प्रमुख प्रतिपक्षीसँग भिड्न तयार भएको सन्देश दिएको छ, गोविन्द केसी मरोस भन्न तयार भएको देखियो’, ।
उनले भने, “यसको मतलब बाँकी ५ प्रतिशतका लागि प्रतिपक्षीसँग मुठभेड गर्न र एक सत्याग्रही डाक्टरको जीवनसँग खेलवाड गर्न सरकार तयार भयो।”
नेता थापाले समाजवाद ल्याउने सरकारले सरकारी शिक्षा बलियो हुनुपर्छ भन्ने मागलाई कुल्चेको पनि आरोप लगाए । थापाले भने ‘यसको जबाफ कांग्रेसले दिन्छ, सरकारलाई पनि महँगो पर्छ, सभामुखलाई पनि महँगो पर्नेछ’ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा