सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इलाम, माघ ३ । इलाममा अनसनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बनेपछि उनलाई काठमाडौं ल्याइने भएको छ ।
डा. केसीलाई इलामबाट सडक रुटमार्फत भद्रपुर र त्यहाँबाट हावाइ रुटमार्फत काठमाडौ ल्याउन लागीएको डा. केसीका अभियन्ता समेत रहेका डा. अभिषेक राज सिंहले जनकारी दिए ।
केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि थप उपचारका लागि काठमाडौं लाने तयारी भएको सिंहले जानकारी दिए।
अनसनको नवौं दिनमा आइपुग्दा अवस्था जटिल बनेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेषज्ञ टोलीले डा.केसीलाई काठमाडौं लैजान सुझाव दिएका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा