सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चरिकोट, पुस ३। दोलखा बिगु गाउँपालिकामा गए राति आगलागी हुँदा त्यसमा परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बिगु गाउँपालिका–८ थामीचागुका ७५ वर्षीय बलबहादुर थामी रहेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
भूकम्पपछि सरकारी मापदण्डअनुसारको पक्की आवास निर्माण गरिरहेका थामी त्रिपालको टेन्टमुनि बस्दै आएका थिए । दोलखामा केही दिनदेखि चिसो बढेसँगै त्रिपालको टेन्टमा आगो तापेर सुतेका थामीको अस्थायी टहरामा आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । बेलुका खाना खाएर सुतेको समयमा करीब १० बजे राती आगलागी भएको थियो ।
स्थानीयवासीको सहयोगमा राति १२ बजे आगो नियन्त्रणमा आए पनि कटेज पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी निरीक्षक काफ्लेले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा