सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस ३ । पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा. तुलसी गिरीको ९३ वर्षको निधन भएको छ।
कलेजोको क्यान्सर भएका गीरीको मंगलबार बिहान बुढानीलकण्ठ स्थित आफ्नै निवासमा निधन भएको हो। उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएका थिए। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्।
डा. तुल्सी गिरी राजाले शासन सत्ता हातमा लिएका बखत पटक पटक प्रधानमन्त्री बनाइएका व्यक्ति हुन्। २०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फर्स्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएका थिए। पछि यिनी प्रधानमन्त्री पनि बनाइए। यसअघि उनी नेपाली कांग्रेसको एकमना सरकारमा परराष्ट्र मन्त्री थिए। राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन शुरु गरेपछी यिनी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष बनाइए।
उनी नेपालमा “पन्चायत ब्यबस्थाको जननी” मनिन्छन्र । सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने ब्यक्ति पनि हुन्। महेन्द्रलाई सहयोग गरेका उनले राजा विरेन्द्रको ३६ सालमा जनमत संग्रहमा असहमति जनाउँदै श्रीलंकातिर लागेका थिए । उनी लामो समय देखि बिदेशमा बस्दै आएका थिए, नेपालमा माघ १९ गतेको राजनीतिक घटना पछि नेपाल आएका हुन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा