सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गोरखा, कार्तिक १ । अत्याधिक मदिरा सवेनका कारण एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेका छन् । सातदोवाटो बजार नजिकै उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु हुनसक्ने अनुमान प्रहरीको छ । यसबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल गोरखामा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा