सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज २८ । नेपाल बङ्गलादेश बैंक र खल्ती डिजिटल वालेट बिच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बैकको केन्द्रिय कार्यालयमा आयोजीत एक कार्यक्रममा बैंकका तर्फबाट डेपुटी सिईओ सुरेन्द्र भूषण श्रेष्ठ र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता पश्चात नेपाल बङ्गलादेश बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यस किसिमको प्राविधिक सहकार्य पश्चात ग्राहकहरुले मोबाईलबाटै दैनिक भुक्तानी सेवा तथा सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा