सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ–इन ले प्योंगयागमा उत्तर कोरीयाका शासक किम जोंग उनसँग भएको शिखर सम्मेलनपछि बुधबार उत्तर कोरीयाले आफनो मिसाइल परिक्षण केन्द्र तोंगचांग–री लाई बन्द गर्ने बताएका छन् ।
मिसाइल प्रक्षेपण केन्द्रलाई स्थायी रुपमा बन्द गर्दे उत्तर कोरीया
मुनले भने उत्तर कोरीया आफनो मिसाइल इंजन परिक्षण केन्द्र तोंगचांग–री र मिसाइल प्रक्षेपण केन्द्र सँग सम्बद्ध देशको विशेषज्ञको उपस्थितिमा स्थाई रुपमा बन्द गर्न राजी भएका छन् ।
किमले मुनसँग दक्षिण कोरीया आउने वाचा गरे
यता, उत्तर कोरीयाका शासक किम जोंग उनले भने कि निकट भविष्य मा उनी सोलको यात्रामा आउन सक्छन् । किम यदि सोलको यात्रामा गएमा यो दशकौ पहिला कोरियाली प्रायद्धिपको विभाजन पछि उत्तर कोरियाका कुनै राष्ट «प्रमुखको दक्षिण कोरीयाको प्रथम यात्रा हुनेछ ।
चाडै नै सोल आउनेछु – किम
प्योंगयांगमा दक्षिण कोरियाका राष्ट्रपतिसँग शिखर सम्मेलनपछि संयुक्त रुपमा सम्वाददाताहरुलाई सम्बोधन गर्दे किमले भने मैले (दक्षिण कोरियाका) राष्ट्रपति मुन जेइ–इन सँग वाचा गरेका छन कि निकट भविष्यमा सोल आउनेछु
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा