सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, भाद्र ४ । काठमाडौँको बबरमहलस्थित आफ्नै निवासमा फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशव झा मृत्त अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी परिसरका अनुसार झा सोमबार बिहान आफ्नै कोठामा घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् ।
पूर्व राजदुत झा बसेको कोठाको ढोका बिहानसम्म नखुलेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।
प्रहरी पुगेर त्यहाँको ढोका खोल्दा झा मृत्त अवस्थामा फेला परेका थिए । उनीसँगै एउटा चक्कु पनि फेला परेको छ । करीब ८० वर्षीय झा आफ्नो पत्नी र सहयोगीसँग बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
झाले परराष्ट्र सेवामा ३४ वर्ष बिताएका थिए भने उनी फ्रान्समा नेपालका तर्फबाट ‘चिफ अफ प्रोटोकल’ राजदूत हुने पहिलो व्यक्ति समेत हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा