सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आजकाल फेसबुक, ब्हाट्सएप, इस्टाग्राम वा फेसबुक मेसेन्जर आइसकेको छ तर एउटा जमानामा याहु, रेडिफ, हटमेल विना कम्प्युट तथा इन्टरनेटको प्रयोगको कल्पनासम्म पनि सम्भव थिएन । विश्वका मानिसहरुलाई सबैभन्दा पहिलो इन्सटेन्ट मेसेजिङको दुनियामा परिचय गराउदै इन्टरनेट क्रान्ति ल्याउने याहु मेसेन्जर अहिले पुरै बन्द भएको छ । मंगलबार यो सेवालाई बन्द गर्ने घोषणा गर्दे याहुले भन्यो कि हामीहरुले नयाँ तथा उत्कृष्ट कम्युनिकेशन टुल ल्याउनको लागी यो सेवालाई बन्द गरेका छौ ।
जो युर्जर याहु मेसेन्जरको प्रयोग च्याटिङको लागी गर्छन उनीहरुको लागी यो दुखद खबर हुनसक्छ किनभने अब यो एपबाट न त च्याट हुन सक्छ न कुनै अन्य सेवाको प्रयोग हुन सक्नेछ । याहुले भनेको छ कि केही बदलेर कम्पनिले आफनो नयाँ एप रिक्वरल लाई याहु मेसेन्जरको ठाउँमा पेश गर्न गइरहेको छ । युजर्सले यो एपलाई धेरै नै मनपराउने कम्पनिले दावी गरेको छ ।
कम्पनिले दावी गर्दे यो डाउनलोड पश्चात युजर्सले याहु मेसेन्जरमा गरेको ६ महिना अगाडिको च्याटिङको ब्याकप पनि लिन सक्नेछन् । याहुका अनुसार युजर अब आफनो च्याट हिस्ट्रिलाई केबल नोभेम्बर २०१८ सम्म मात्र डाउनलोड गर्न सक्नेछन् । यो बन्द भएसँगै युजरको लागी यसको च्याट हिस्ट्रिलाई पाउनु पनि मस्किल हुनेछ ।
याहु मेसेन्जर बन्द भएको कारणको बारेमा भने कम्पनिले केबल नयाँ टुल ल्याउन लागेको कारण बन्द गर्न लागीएको बताएको छ । तर विशेषज्ञहरुका अनुसार केबल टेक्स मेसेज मात्र चलाउने यो सेवा अहिले आएका ब्हाट्सएप, गुगल च्याट, फेसबुक, भाइबर आदि सँग प्रतिस्पर्धात्मक बजारको कारण पछाडी परेको जनाएका छन् ।
कम्पनिले समय अनुसार यसमा अडियो भिडियो तथा अन्य प्रविधिको बदलाव नगर्दा चुनौतीको सामना गर्नु पर्यो । जबकी गुगल ह्यागआउट वा स्काइप जस्ता सेवाहरुले भिडियो कलिङसम्मको उपयोग हुन थाल्यो । त्यसकारण यो लगातार पछाडि पर्न थाल्यो ।
याहुले आफनो ईन्स्टेन्ट मेसेजिङको शुरुवात ३ मार्च १९९८ मा याहु पेजर नामबाट गरेको थियो । १ बर्षमा नै १९९९ मा यसको नाम बदलेर याहु मेसेन्जर राखियो । अगस्ट २००० मा ३.० भर्जनमा यसमा ग्राफीकल इमोजी जोडियो र ५.० भर्जनमा ठिक दुई बर्षपछि यसमा एनिमेटेड इमोजीले ठाउँ पायो ।
अगस्ट २००४ मा यसले विन्डोज ९५ लाई पनि सपोर्ट गर्न थाल्यो । ७.० भर्जनमा २००५ मा यसको नाम बदलेर याहु मेसेन्जर विथ भ्वाइस गर्दे यसमा कैयौ फिचरहरु जोडियो । तर २००६ मा यसको नाम फेरी याहु मेसेन्जर नै बनाइयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा