सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, साउन १ । ग्लोबल आईएमई बैंक र नेशनल लाइफ इन्सुरेन्सविच बैंकास्योरेन्स सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र इन्सुरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्
हस्ताक्षर पश्चात ग्लोबल आईएमई बैंक लि. का १३१ वटै शाखाहरु मार्फत नेशनल लाइफ इन्सुरेन्स कम्पनी लि.को जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।
सम्झौता अनुसार, अब ग्राहकहरुले ग्लोबल आईएमई बैंकका देशभरि फैलिएर रहका शाखाहरुबाट नेशनल लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गरीरहेको छ । ।
बैंकले १३१ वटा शाखा, १४ वटा राजश्व संकलन काउण्टर, १३२ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा १०० शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना ९ लाख भन्दा बढि आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु मझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा दिइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा