सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ३०। वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान दुई बजेतिर उनको निधन भएको हो । पारिवारिक स्रोतका अनुसार लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित उनको घरमा नै निधन भएको हो । कलाकार थापाले दर्जनौ फिल्म, टेलिफिल्म र रेडियो नाटकमा अभिनय गरेका छन् ।
उनको निधनप्रति चलचित्रकर्मी, कलाकार र शुभचिन्तकहरुले शोक व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् । वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा