सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इटहरी, जेठ ७ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन पक्षको कमजोरीका कारण सेवाग्राहीले निकै समस्या र सास्ती ब्यहोर्नु परेको छ। पैसा खर्च गरेर पनि समयमा ‘ल्याब रिपोर्ट’ प्राप्त गर्नसक्ने अवस्था नरहेको सेवाग्राहीकाो गुनासो छ। केही हप्तादेखि प्रतिष्ठानमा मिर्गौलासम्बन्धी जाँच गर्ने उपकरणमा आएको खराबीका कारण सेवाग्राहीले आपतकालीन जाँचको रिपोर्ट पाउन हप्तौँ कुर्नु परिरहेको छ।
सबै किसिमको ल्याब रिपोर्ट प्राप्त गर्न पनि प्रविधि प्रणालीमा आएको खराबीले धेरै हैरानी ब्यहोर्नु परेको सेवाग्राहीको गुनासो छ। दैनिक दुई हजारभन्दा बढी नयाँ सेवाग्राही अस्पतालमा स्वास्थ्य जाँचका लागि प्रतिष्ठान पुग्ने र सामान्य रगत जाँचदेखि मिर्गौलासम्बन्धी जाँचको रिपोर्ट लिन हप्तौँ कुर्नुपर्ने अवस्थाले सेवाग्राही मर्कामा परिरहेको सूचना अधिकृत सुजेन्द्र तामाङले स्वीकार गरे। व्यवस्थापकीय कमजोरीले गर्दा बेथिति मौलाएको उनले बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा