सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीकाको ठुलो रिटेल कम्पनि वालमार्ट ले भारतीय ई–कमर्स कम्पनि फ्लिपकार्ट को ठुलो भागलाई किनेको छ । फ्लिपकार्ट र वालमार्टको बिच १६ अरब डलर यानी १६० लाख करोड नेपाली रुपैया भन्दा बढिमा यो किनवेचको समझदारी भएको छ ।
वालमार्टले भारतीय कम्पनिमा रहेको ७७ प्रतिशत भाग किनेको हो । वालमार्ट स्वयमले यो खरिदलाई पुष्टि गरेको हो । फ्लिपकार्ट मा भाग भएको जापानी गु्रप सफ्टबैंक का सिईओ मासायोशी सोनले पनि उक्त किनवेचलार्ई पुष्टि गरेको हो ।
मिडिया रिपोर्टका अनुसार, यो समझदारीसँगै अमेरीकी फर्म, भारतीय कम्पनिमा लगभग ७७ प्रतिशत शेयरहोल्डिङ हासिल गर्नेछ ।
बिश्लेषकहरुले भने यो डिललाई विश्वकै सबैभन्दा ठुला ई–कमर्श डिल हो भनेका छन् । यो सम्झौतामा फ्लिपकार्ट लाई ठुलो भाग मिल्ने अपेक्षा गरीएको छ । यो समझदारीसँगै २०१३ मा भारतीय बजारमा प्रवेश गरेको अमेजनलाई ठुलो झट्का लागेको छ ।
पछिल्लो हप्ता, फ्लिपकार्ट को बोर्ड वालमार्टले नेतृत्व गरीरहेको समुहले कम्पनिको ७५ प्रतिशत सम्म बेच्ने सहमती गरेका थिए । यो कार्यसँग जोडिएका स्रोतलाई उद्धिृत गर्दे रिपोर्टमा भनिएको छ कि गुगलको मुख्य कम्पनि अल्फाबेटाले पनि १० प्रतिशत किन्न सक्ने अनुमान गरिएको छ ।
दुबै कम्पनिले उक्त डिलमा भएका शर्त बन्देजहरुमा हस्ताक्षर समेत गरीसकेका छन् । वालमार्ट १६ अरब डलरमा फ्लिपकार्ट को ७७ प्रतिशत हिस्सा किन्नेछ । डिल पश्चात सफ्ट बैंक, Nasper र Accel फ्लिपकार्ट बाट वाहिरिने छ । यद्यपी टाइगर ग्लोबल, बिन्नी बंसल र टेनसेटको भाग भने फ्लिपकार्ट सँगै रहीरहनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा