सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख १३। ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरण छानबिन गर्न बनेको समिति समक्ष बयान दिने क्रममा एकाएक गृह मन्त्रालयबाटै गायव भएका प्रहरी नायव उपरिक्षक (डीएसपी) सञ्जय राउत समितिको सम्पर्कमा आएका छन् । डिएसपी राउतलाई बयानको लागि गृहमन्त्रालयमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरी प्रधान कार्यालयले ७७ जिल्लाका प्रहरी कार्यालयलाई सर्कुलर जारी गरेको थियो। सम्पर्क बाहिर जाँदा प्रहरीलाई पक्राउ गर्न आदेश गरिएको थियो।उक्त कुरा बाहिर आएपछि राउत बिहिबार आफैं उपस्थित भएको स्रोतले बतायो।
३३ किलो सुन तस्करी भएको आशंकामा समितिले अहिलेसम्म २० र जिल्ला प्रहरी कार्यालय मोरङले ५ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा