सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख ९। सुनको मुल्य आइतबार प्रतितोला २०० रुपैयाँले घटेको छ । सुनको मूल्य विगत दुई ÷तीन दिन यता घट्न थालेको छ । आइबार भने घटेर ५९ हजार रुपैयाँ प्रतितोला कायम भएको छ । शुक्रबार (अघिल्लो दिन) ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन पनि तोलामा २०० रुपैयाँले नै घटेको छ ।
शुक्रबार प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आइतबार ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यता चाँदीको मूल्य भने विगत तिन कारोबार देखि स्थिर छ । चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा