सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख ९ । हरेक बर्ष २२ अप्रिलमा अर्थ डे अर्थात पृश्वि दिवस मनाइन्छ । यो पटक यो दिनलाई महत्व दिदै गुगलले पनि विशेष डुडल तयार गरेको छ ।
यो पटक डुडलको साथै भिडियो म्यासेज पनि एटेच गरिएको छ । यो भिडियोमा युएनको शान्ति दुत र विश्वको चिम्पाजि र प्रकृतिको बारेमा बताउने प्रख्यात अंग्रेजी प्राइमेटोलोजिष्ट, चरित्रशास्त्री, मनुष्य–शरीर–रचन–शास्त्री डेम जेन मारिस गुडलमा देखिदैछिन ।
गुडल भिडियो मार्फत अर्थ–डे को महत्व र पृश्विलाई बचाउनको लागी हाम्रो भुमिकाको विषयमा कुरा गरेको देखाइएको छ ।
बर्षात बनमा त्यो एक दिन
पहिलादेखी नै प्रकृतिको नजिक रहने गुडल आफनो अनुभव सबै सामु सुनाउदै भन्छिन् “मलाई सधै अनुभुति भयो कि मेरो सबै बालकपन जनावर र प्रकृतिलाई नै समर्पित रह्यो । अफ्रिकी देश तान्जानियामा रहेको गोम्बा स्ट्रीम नेशनल पार्कमा खोजी गरीरहेको समय एक दिन एकदम तेज पानी पर्न थाल्यो । म जंगलमा नै थिए । धेरै समय पश्चात जब पानी पर्न रोकियो र म आफुसँग बसेको चिम्पांजिको वास्न सुङन सक्थे । जंगलमा रहेका जिव जन्तुहरुको आवाज सुनिन सकिन्थ्यो । त्यहा जुन माहोल थियो त्यसले मलाई मंत्रमुग्ध गर्यो “।
उनी अगाडि भन्छिन “बर्षातको समय बनमा भएको बेला तपाईलाई पनि यो अनुभव हुनेछ कि कसरी प्रकृतिमा हरेक जिव एक–अर्काप्रति सम्बन्धित हुन्छ । सानो भन्दा सानो जन्तु जसको अस्तित्वको विषयमा हामि ध्यान पनि दिदैनौ तीनीहरुले पनि यो जीवनमा महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका हुन्छन् “।
गुडल भिडियोको अन्तमा अर्थ–डे को बारेमा कुरा गर्दे उनी भन्छिन् “प्रकृतिसँग सामंजस्यताका साथ बसेर जीवन जिउनको लागी अर्थ –डे भन्दा राम्रो दिन अर्को कुन दिन हुन सक्छ र ? । हरेक मानिस महत्वपुर्ण हुन्छ । ती हरेक दिन कुनै न कुनै तरिकाबाट पृश्विलाई प्रभावित गरिरहेका छन् । यो हामीमा निर्भर छ कि हामी हरेक दिन कसरी पृश्विलाई बदल्न चाहन्छौ “।
यस्तो छ अर्थ–डे २०१८ को विषयमा डुडलको भनाई
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा