सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गौर, चैत २८। तस्करीमा संलग्न एक भारतीय नागरिक पक्राउ परेका छन् । गएराति सशस्त्र वेसक्याम्प सरमुजुवाका प्रहरी निरीक्षक सुन्दर श्रेष्ठको नेत्त्वमा गएको सशस्त्र प्रहरी टोलीले बारा र रौतहट सीमाबाट भारतीय नागरिक १६ वर्षीय विकास कुमारलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कुमारबाट प्रहरीले रु ६ लाख मुल्य बराबरको लत्ताकपडा तथा तस्करीमा प्रयोग गरिएका चारवटा मोटरसाइकल समेत बरामद गरेको छ । उनलाई गौर भन्सार कार्यालयको जिम्मा लगाएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा