सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, चैत्र २८ । इटालियन क्लब रोमाले पूर्व च्याम्पियन बार्सिलोनामाथि सनसनीपूर्ण जित निकाल्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
घरेलु मैदानमा पहिलो लेगमा भएको खेलमा ४–१ को जित निकालेको बार्सिलोना दोस्रो लेगमा रोमाको मैदानमा ३–० को फराकीलो गोल अन्तरले पराजीत हनुपर्यो । समग्रमा ४–४ गोल भएपनि अवे गोलका आधारमा रोमा सेमिफाइनलमा पुग्यो भने बार्सिलोना बाहिरियो ।
घरेलु मैदानमा भएको खेलमा रोमाले छैटौं मिनेटमा इडेन जोकोको गोलबाट अग्रता लिएको थियो । बाँकी दुई गोल भने दोस्रो हाफमा भयो ।
खेलको ५८ औं मिनेटमा पाएको पेनाल्टीमा डि रोसीले गोल गरे भने निर्धारित समयको खेल सकिन ८ मिनेट बाँकी रहँदा मानोलसले निर्णायक गोल गर्दे खेल ३–० ले जित्यो ।
गएराति नै भएको लिगकै अर्को खेलमा लिभरपुलले म्यानचेष्टर सिटीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । सिटीलाई २–१ ले हराएको लिभरपुलले समग्रमा ५–१ को शानदार जित निकालेको छ । पहिलो लेगमा सिटी ३–० ले हार ब्यहोर्न बाध्य भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा