सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, चैत ७ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नरहेको बताएका छन्।
बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै डा. भट्टराईले पार्टी एकता र कार्यगत एकता सम्भव नरहेको स्पष्ट पारे। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबै कुरामा हारिसकेको, थाकिसकेको र पछाडि परिसकेको भन्दै उनले बोलेका कुराको टिप्पणी गर्नुको औचित्य नभएको बताए।
यसअघि माओवादी अध्यक्ष प्रचण्डले डा. भट्टराईलाई माओवादीमा फर्किन आह्वान गर्दै आएका थिए। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बुधबार नै प्रदेश ३ र प्रदेश ४ ले भरतपुरमा आयोजना गरेको लुम्बिनी बैठकको भाव सम्प्रेषण एवं पार्टी आन्तरिक प्रशिक्षण कार्यक्रममा सरकारले गर्ने कामका आधारमा समर्थन र विरोध गर्ने बताए।
उनले भने, “ देश र जनताको हितमा हुने कामको समर्थन गर्दछौँ, जनता र राष्ट्र विरोधी कामको विरोध गछौँ।” उनले पछिल्लो समयमा सरकारमा जान लालयित हुने धेरैको चाहना रहेको बताउँदै बहुमतको सरकार हुँदाहुँदै तीन चौथाइ बनाउन आवश्यक नरहेको टिप्पणी गरे। उनले भने, “लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष हुनुपर्दछ।
त्यसो भयो भने सत्तामा बस्नेले आफ्नो नीति र कार्यक्रम कार्यान्वयन गर्दछ।” उनले नेपालको ठूलो श्रमशक्ति विदेशमा पलायन भएको र उनीहरुबाट आएको विप्रेषणले देशको अर्थतन्त्र चलेको बताउँदै भने, “नोट चल्ने भोट नचल्ने जुन प्रणाली छ यो परिवर्तन हुनुपर्दछ।” कार्यक्रममा नयाँ शक्ति पार्टीको हालै सम्पन्न लुम्बिनी बैठकको भाव सम्प्रेषणसम्बन्धी पाँच बुँदे घोषणाको सामूहिक संकल्प वाचन गरिएको थियो।
उक्त वाचनमा देशमा समस्या छ, समस्याका कारण छ। समस्याको निवारण छ, पाँच ‘स’को माध्यमबाट समृद्ध नेपाल निर्माण गर्न सकिन्छ भन्ने वाक्यांश सुरु गरी पाँच बुँदे घोषणाको सामूहिक पाठ गरिएको थियो। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा