सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रसुवा, माघ २७। दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–५ मा आज स्थानीय वीरबहादुर मोक्तानको घरमा आगलागी हुँदा तीन बालिकाको मृत्यु भएको छ ।
स्थानीय धनबहादुर मोक्तानको घरमा आज दिउँसो आगलागी हुँदा उनकी छ वर्षीया छोरी अस्मिता मोक्तान तथा छिमेकी वीरबहादुर मोक्तानका सात वर्षीया छोरी रिपोला मोक्तान र तीन वर्षीया मंगली मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ ।
घरमा ती बालिका मात्र भएका बेला आगलागी भएको र उनीहरुको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरमा भएका सरसामान समेत जलेर नष्ट हुँदा रु तीन लाख बराबरको क्षति भएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा