सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चलचित्र ‘मंगलम’ को ट्रेलर सार्वजनिक भएको छ । रोदन, एक्सन, प्रेम देखाइएको ट्रेलरमा शिल्पाको प्रेममा नायक द्वय पुष्प खड्का र पृथ्वीराज प्रसाइँ ‘दिवाना’ भएका छन् । ट्रेलरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि अटाएकी छिन् । नीर शाह र मिथिला शर्माको पनि चिलचित्रमा अभिनय छ ।
चलचित्रमा विष्णु घिमिरेको छायांकन, गोविन्द फूयाँलको शब्द, मित्रदेव गुरुङको सम्पादन, गोविन्द र नवल नेपालको संवाद छ । नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको चलचित्रका कार्यकारी निर्माता छविराज ओझा हुन् । नवल नेपालले चलचित्रलाई निर्देशन गरेका हुन् । यो फिल्म फागुन २५ गते प्रदर्शनमा आउने भएको छ ।
ट्रेलर हेर्नुहोस्, :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा