सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस २८ । मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्ने गरेकोमा हिजो सार्वजनिक बिदा परेकाले आज बस्न लागेको हो । मन्त्रिपरिषदको बैठक शुरु भोइ सकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक भरखर शुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
आजको बैठकले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्ने बताइएको छ । प्रदेशसभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने लगायतका प्रदेशको कार्य सञ्चालनसम्बन्धी अति जरूरी कार्यहरु तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले सरकारले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी रूपमा स्थान तोक्न लागेको हो । सम्भवतः मन्त्रिपरिषद्कोे आजैको बैठकले प्रदेश कार्यालय सम्पर्क कार्यालय खोल्ने निर्णय गर्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा